वर्षा शिवाकोटीका लागि विशेष बन्ला ‘वीर विक्रम २’? « Khabarhub

वर्षा शिवाकोटीका लागि विशेष बन्ला ‘वीर विक्रम २’?


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वर्षा शिवाकोटीको फेसबूकबाट

काठमाडौं – नायिका वर्षा शिवाकोटी अभिनित फिल्म ‘वीर विक्रम २’ प्रदर्शनको क्रममा छ । फिल्मको विशेष प्रिमियर पनि गर्ने तयारीमा निर्माण टिम छ । फिल्म आउँदो जेठ ३ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रमा दुई हिरोकी एक्ली नायिका बनेकी छिन्, वर्षा शिवाकोटी ।

एकपछि अर्को गर्दै फिल्ममा अभिनय गरेर पनि खासै चर्चा बटुल्न नसकेकी वर्षा बेलाबेलामा आफ्ना अभिव्यक्तिले चर्चामा आउने गर्छिन् । म्युजिक भिडियो र फिल्ममा व्यस्त छिन् उनी आजभोलि ।

केही दिनअघि ट्रेलर सार्वजनिक गरिएको फिल्म ‘वीर विक्रम २’ मा उनी शीर्ष भूमिकामा रहेको देख्न सकिन्छ । फिल्मबाट वर्षाले कस्तो प्रतिक्रिया पाउने हुन्, त्यो दर्शकले फिल्म हेरेपछि निर्णय गर्ने कुरा हो । अहिले भने उनको राम्रै तारिफ भइरहेको छ । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने वर्षाले सामाजिक सञ्जालमा फिल्मका बारेमा पोस्ट गरिरहेकी हुन्छिन् ।

उनी अभिनित फिल्म ‘पशुपतिप्रसाद’ चर्चित भए पनि सो फिल्मबाट अझ बढी चर्चा खगेन्द्र लामिछानेको भयो । केही समयअघि उनको मुख्य भूमिका रहेको फिल्म ‘पुरानो बुलेट’ खासै सफल रहेन । यद्यपि अहिले भने ‘वीर विक्रम २’ बाट उनी निकै आशावादी छिन् ।

मिलन चाम्सले निर्देशन गरेको र यसअघि फिल्म ‘वीर विक्रम’ चलेका कारणले पनि यो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने धेरैले अनुमान गरेका छन् । अर्कातिर फिल्ममा पल शाह, बुद्धि तामाङ र नाजिर हुसेन पनि मुख्य भूमिकामा छन् ।

वर्षाका लागि यो फिल्म किन पनि महत्त्वपूर्ण छ भने, यो फिल्ममा राम्रो टिम र कलाकारको अभिनय छ । यही कारणले पनि वर्षालाई फिल्मप्रति आशा छ । तर, दर्शकले वर्षालाई कत्तिको साथ दिन्छन्, त्यसका लागि भने जेठसम्म कुर्नैपर्ने भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ५ : ३५ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने