‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षर र अङ्कको माग | Khabarhub Khabarhub

‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षर र अङ्कको माग


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ को अवधारणा ल्याइएकाले रद्द गर्न माग गरिएको छ ।

देवनागरी लिपि तथा वर्णाक्षर बचाऔँ अभियानको संयोजकत्वमा नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान र नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घको प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी सवारीसाधनमा नेपाली भाषाको नम्बर प्लेट राख्न माग गरेको हो ।

प्रतिनिधिमण्डलमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, प्रजातान्त्रिक कानून व्यवसायी सङ्घका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, नेपाल सांस्कृतिक सङ्घका प्रवक्ता कवि महेश प्रसाइँ एवं अभियानका संयोजक अधिवक्ता रामेश्वर राउत मातृदासलगायत सहभागी थिए ।

समूहले सभापति देउवालाई भेटेर भाषामा सार्वभौमसत्तासम्पन्न राष्ट्रको प्राण र नेपालीको अस्तित्व एवं महत्व गाँसिएको अदम्य शक्ति र ताकत भएकाले त्यसको रक्षा गर्न माग गरेको संयोजक राउतले जानकारी दिए ।

अभियानले भाषाको अस्तित्व जोगाउन मौजुदा देवनागरी लिपिलाई बचाउन सवारीसाधनमा आफ्नै भाषाको अक्षर र अङ्क यथावत् राख्न अनिवार्य भएको तथ्य प्रष्ट पार्दै ज्ञापन पत्रसमेत बुझाएको छ ।

नेपालको संविधान २०७२ को धारा – १(१), धारा ७(१) , धारा –२८ , धारा –३२(३), धारा –१३३(२) र (३) तथा धारा – २७४ को (१) देखि (१०) समेतको विपरीत र वर्खिलाप गरेर भाषाको लिपि, वर्णाक्षर, अङ्कर गोपनीयताको हकसमेत सधैँका लागि समाप्त पारेर १२५ जाति, १२३ संस्कृति र सभ्यतालाई एकमुष्ट रुपमा समाप्त पारेर सबै नेपालीलाई स्वदेशमा बसे बँधुवा दास र विदेशमा गए शरणार्थी दास बनाउने प्राकृतिक न्यायको सिद्धान्त विपरितको काम भइरहेकामा ज्ञापन पत्रमा असहमति जनाइएको छ ।

सोही क्रममा सभापति देउवाले भाषा र लिपिको रक्षाका लागि आफ्नो पार्टी सधैँ प्रतिवद्ध भइरहने दृढता व्यक्त गरे । अभियानले इम्बोस्ड नम्बर प्लेटलाई नेपाली बनाउन अभियान चलाउने जनाएको छ । रासस

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : ४५ बजे

तिनाउ खोलामा डुबेर भारतीय नागरिक बेपत्ता

पाल्पा – पाल्पाको तिनाउ खोलामा डुबेर एक भारतीय नागरिक बेपत्ता

दश करोड बढीका भन्सार छलीका सामान बरामद

झापा – झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको

दाङका विभिन्न वन क्षेत्रमा सात बाघ फेला परे

दाङ – दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान

एजेन्सी – अमेरिकाको सान डिएगोमा बिहीबार एक विमान आवासीय क्षेत्रमा

ढोरपाटनका मेयर देवकुमार नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश

पोखरा – जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ