आहा रारा गोल्डकपमा आठ टोलीले प्रतिस्पर्धा गर्ने « Khabarhub

आहा रारा गोल्डकपमा आठ टोलीले प्रतिस्पर्धा गर्ने


१९ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– मोफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’ चैत २१ गते शनिबारदेखि शुरु हुने भएको छ ।

आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यसहित आयोजना गरिएको प्रतितयोेगितामा एक विदेशीसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।

उनका अनुसार प्रतियोगिताको उद्घाटन खेल शनिबार आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीचमा हुनेछ । प्रतियोगितामा सहारा र एपिएफसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु मनाङ मस्र्याङदी, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

विदेशी टोली अफ्रिकन रुट एशोएशन, डउला क्यामरुन सहभागी हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी यस वर्षदेखि राजनीतिज्ञ एवं उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही रु २५ हजार नगदसहित पुरस्कृत गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान अभिषेकलाई

यस वर्षको ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ सम्मानबाट राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य अभिषेक रिजाललाई पुरस्कृत गरिने भएको छ । राष्ट्रिय टोलीमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितका माध्यमबाट देशको नाम चिनाउन सफल भएकामा उनलाई नगद रु ३५ हजार, प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटनका अवसरमा रिजाललाई सो सम्मान गरिने क्लबले जनाएको छ ।

प्रतियोगिताको आकर्षकका रूपमा रहेको निर्णायक ट्रफी (रेफ्री), वेष्ट अफ फाइभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडललगायत म्यान अफ दि म्याच नगद पुरस्कार सहारा युकेले उपलब्ध गराएको छ । पर्यटकीय शहर पोखरालाई ‘स्पोर्टस हब सिटी’का रूपमा परिचित गराउँदै, नवप्रतिभावान फुटबल खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्ने लक्ष्यसहित प्रतियोगितालाई निरन्तरता दिइएको क्लबले जनाएको छ ।

क्लबले कोरोना न्यूनीकरणका लागि सरकारबाट निर्देशित मापदण्डको पूर्ण पालना गरिने र गण्डकी प्रदेश खेलकूद परिषद्को सहयोगमा प्रत्येक दिन दर्शकहरुलाई निःशुल्क मास्कको व्यवस्था गरिएको बताइन्छ । सहाराले प्रतियोगिताबाट बचत रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । हाल तेस्रो ब्याचको एकेडेमीमा १४ जिल्लाका २४ बालक आश्रित छन् । एकेडेमीमा उनीहरुले निःशुल्क शिक्षा, दिक्षालगायत फुटबल प्रशिक्षण गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ४ : २० बजे

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई