कफी कसरी र कति पिउने ? « Khabarhub

कफी कसरी र कति पिउने ?


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः कार्यालय र त्यसमा पनि कम्प्युटरमा काम गर्नेहरुले आजकल बढि मात्रामा कफीको सेवन गर्दछन् । चियाको स्वाद र तलतल मेटाउन मानिसले दिनहु कफीको सेवन गर्दै आएका छन् । तर के कफी सेवनको फाइदा छ त ?

तुलनात्मक रुपमा जाडो याममा धेरै मानिसले कफी पिउने गर्दछन् । जाडो मौसममा नियमित कफी पिउनाले शरीरमा गर्मीपन बढाउँछ । कफीमा ‘क्याफिन’ हुन्छ । क्याफिन धेरै भयो भने शरीरलाई बेफाइदा गर्छ । तर ठिक्क हुँदा भने यसले फाइदा पुर्याउँछ ।

प्रत्येक दिन बिहान १ कप कफी पिउनाले शरीरमा दिनभरि स्फुर्ती आउनुका साथै यसमा हुने एन्टिअक्सिडेन्टले शारीरिक तथा मानसिक तनावलाई कम गर्छ । साथै मुटु, मस्तिष्क, पाचन र स्नायु प्रणालीलाई क्रियाशील तुल्याउँछ ।

यतिमात्र होइन, नियमित कफी सेवनले बोसो तथा मोटोपन घटाउन समेत मद्दत गर्दछ । कफीमा पाइने एन्टिअक्सिडेन्टले मुटुलाई स्वस्थ्य राख्दछ । साथै हृदयरोग तथा क्यान्सरबाट पनि सुरक्षित राख्दछ । शरीरकालागि एन्टिअक्सिडेन्ट फाइदाजनक हुन्छ ।

तुलनात्मक रुपमा मिल्क कफीभन्दा कालो कफी पिउनु स्वास्थ्यकालागी राम्रो हुन्छ । कालो कफी कलेजोकालागि राम्रो मानिन्छ । तर, दूधकफीले भने ग्यास्ट्रिक बढाउन मद्दत गर्छ र हर्ट बर्न र एसिडिटी बढाउँछ ।

सिमित मात्रामा कफी सेवनबाट मुटुरोगी, कलेजो र मधुमेहका बिरामीलाई पनि फाइदा पुग्छ । ठिक्क मात्राको कफी सेवनले हृदयघात, मस्तिष्कघात, मधुमेह र संक्रमणको जोखिम पनि न्यून हुन्छ । साथै धेरै निन्द्रा लाग्नेहरुको रातमा निन्द्रा हराउँछ ।

तर गर्भवती महिलाले भने दिनको २ सय मिलिग्रामभन्दा बढी क्याफिन पिउनु हुदैन । अन्यथा महिलामा गर्भपातको जोखिम बढ्दछ वा कम तौल भएको बच्चा जन्मन सक्छ । साथै बिहान कफी खाँनु राम्रो हुन्छ । तर खाली पेटमा भने खानु हुदैन । साथै राति सुत्नुअघि कफी खानु त्यति राम्रो मानिँदैन, निद्रा नपर्न सक्छ ।

यस्तै, उच्च रक्तचाप भएका मानिसले पनि धेरै कफी पिउनु हुँदैन । हड्डी कमजोर भएका, निद्राको समस्या भएका, टाउको दुख्ने समस्या भएका, ग्यास्ट्रिक भएका मानिसले धेरै कफी पिउनु हानिकारक हुन्छ ।

समग्रमा ठिक्क मात्रामा अर्थात दिनको २ कपसम्म कफी पिउँदा शरीरलाई फाइदा गर्छ भने अधिक कफी पिउने बानीले स्वास्थ्यमा असर पार्न सक्छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : ०१ बजे

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

निर्वाचन लक्षित दूरसञ्चार सेवा प्रभावकारी बनाउन गृहको पहल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दूरसञ्चार सेवालाई थप

मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान

काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइके सुरक्षा कारवाहीमा मारिएपछि