ओमानमा गैरकानुनी रुपमा बसेका नेपालीलाई बिना जरिवाना घर फर्किन पाउने समय थप « Khabarhub

ओमानमा गैरकानुनी रुपमा बसेका नेपालीलाई बिना जरिवाना घर फर्किन पाउने समय थप



दोहा– ओमानमा गैरकानुनी रुपमा बसेका नेपाली श्रमिकलाई बिना जरिवाना घर फर्किन पाउने समय अवधि तीन महिना थप गरेको छ ।

ओमानस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै भिसाको म्याद तथा आवासीय परिचयपत्रको अवधि समाप्त भइ अवैध रुपमा ओमानमा बस्दै आएका वा काम गरिरहेका नेपालीसहित विदेशी नागरिकहरुलाई घर फर्किनको लागि निःशुल्क कानुनी प्रक्रियामा सहभागी हुने अवधि थप गरिएको जनाएको छ ।

यसघि ओमानको श्रम मन्त्रालयले २०२० नोभेम्बर १५ देखि डिसेम्बर ३१ सम्मको अवधि थप गरेर २०२१ मार्च ३१ सम्म बनाएको थियो । पछिल्लो समय त्यहाँ कोरोना महामारीका कारण गैरकानुनी रुपमा बसेका नागरिक आफ्नो देश फर्किन थप समस्या भएको भन्दै समय अवधि थपेर जुन ३० सम्म पुर्याइएको त्यहाँको श्रम मन्त्रालयलाई उदृत गर्दै दूतावासले जनाएको छ ।

ओमानमा रहेका नेपाली श्रमिकले पनि यसको फाइदा लिन सक्नेछन् । यो अवसरको फाइदा लिएर जरिवाना नतिरेरै आफ्नै खर्चमा घर फर्किन नेपालीलाई दूतावासले आग्रह गरेको छ ।

यस्तै दूतावासले कामदार अनुमति पत्र तथा भिसाको म्याद सकिएर ओमानमा अलेखबद्ध भएका नेपाली श्रमिकलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । यो प्रक्रिया सम्बन्धी थप बुझ्नको लागि दूतावासको फोन नम्बर ७१५९२४९० वा ७१५९२५०६ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

साथै, कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमानको उच्च स्तरीय समितिको मार्च ३१ को निर्णयले ओमानका सरकारी कार्यालयका कर्मचारीहरूको कार्यालयमा उपस्थिति संख्या यही अप्रिल ४ तारिखदेखि लागु हुने गरी ५० प्रतिशत कायम गरेको दूतावासले जनाएको छ ।

सरकारी, निजी तथा अन्तर्राष्ट्रिय विद्यालयहरूमा कक्षा १२ बाहेकका सम्पूर्ण कक्षाहरूको प्रत्यक्ष सञ्‍चालनमा रोक लगाई अनलाईन कक्षा सञ्चालनको व्यवस्थाका लागि निर्देशन गरेको तथा अप्रिल १ तारिखदेखि लागु हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण औपचारिक, अनौपचारिक खेलकुद गतिविधिमा समेत अस्थायी प्रतिबन्ध लगाएकाले भाइरस फैलावटको रोकथामका लागि ओमान सरकारले जारी गरेका सम्पूर्ण नियम निर्देशनको पालना गरी संक्रमणबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउने उपायहरू अनिवार्य रूपमा अवलम्बन गर्न त्यहाँस्थित सम्पूर्ण नेपाली समुदायलाई नेपाली दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ९ : १५ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना