कोरोना खोप ल्याउन विश्व बैंकद्वारा ८ अर्ब ७० करोड सहयोग « Khabarhub

कोरोना खोप ल्याउन विश्व बैंकद्वारा ८ अर्ब ७० करोड सहयोग


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ ।

कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव ढुङ्गानाले ७२ प्रतिशत नेपालीलाई खोप दिने सरकारको बृहत योजनाका लागि यो सहयोग महत्वपूर्ण हुने बताए ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले महामारी प्रतिकार्यलाई सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको जनाए । उनले यो सहयोगले कोरोना रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारको योजना सफल पार्न थप सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : ०१ बजे

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा