प्रधानमन्त्रीको प्रश्न : आफू शासनमा पुग्यो अग्रगमन, नपाउँदा प्रतिगमन ? « Khabarhub

प्रधानमन्त्रीको प्रश्न : आफू शासनमा पुग्यो अग्रगमन, नपाउँदा प्रतिगमन ?


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा सरकारलाई अहिले पनि सहज वातावरणमा काम गर्न नदिएको गुनासो गरेका छन् ।

मेलम्चीको पानी वितरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले पनि जनताको जागेको चेतनालाई रोक्न नसक्ने बताउँदै सरकारलाई अहिले पनि काम गर्न नदिइएको गुनासो गरेका हुन् ।

प्रधानमन्त्री ओलीले केही राजनीतिक दलहरुले प्रतिगमन भयो भन्दै ‘स्याल हुइँया’ मच्चाएको आरोप लगाए ।

हेरौँ भिडियो

उनले नेपालमा कसरी प्रतिगमन भयो भन्दै प्रश्नसमेत गरे । उनले अवैध बाटोबाट आफू प्रधानमन्त्री बन्दा हुने अनि प्रतिगमन भयो भन्दै जनता अलमल्याउने ? भन्दै प्रश्न गरेका थिए ।

‘कोही शासनमा पुगे क्रान्ति, नत्र प्रतिगमन, संविधान च्यातियो, संघीयता सकियो जस्ता अभिव्यक्ति व्यक्तिगत आकांक्षा पूरा नहुँदा आएका हुन्, यसको पछि सरकार लाग्दैन, विकासका काम अघि बढ्छन्,’ प्रधानमन्त्री ओलीले भने ।

सरकारको ध्यान देश र जनताप्रति गएको उल्लेख गर्दै उनले विकास निर्माणका लागि लगानी एवं प्रविधि भित्र्याउने प्रतिबद्धता जनाए ।

संसद् तानातानको थलो बनेको भन्दै उनले देश र जनता एवं विकास निर्माणका बारेमा सोच्नेतर्फ संसदको ध्यान जानुपर्ने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : २० बजे

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५