कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय « Khabarhub

कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय



काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने,‘केन्द्रीय समितिको बैठकले केपी ओली नेतृत्वको वर्तमान सरकारको राजीनामा माग्ने निर्णय केन्द्रीय समिति बैठकबाट गरेको छ ।’

उनले सरकारले राजीनामा दिएपछिको अवस्थामा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको समेत जानकारी दिए ।

उनले भने,‘ओली सरकारले राजीनामा दिएपछिको अवस्थामा हाम्रो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय समेत गरेका छौं ।’

बैठकको एजेण्डाका विषयमा सहमति कायम नहुँदा केन्द्रीय समितिको बैठक बेलुका अबेरमात्रै शुरु भएको थियो ।

सरकारको राजीनामा माग्ने विषयलाई एजेण्डाका रुपमा राख्नुपर्ने माग उठेपछि आज दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, गगन थापा लगायतका नेताहरुको अनौपचारिक बैठक बसेको थियो ।

उक्त बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने एजेण्डा केन्द्रीय समिति बैठकमा लैजाने सहमति गरेको थियो ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले ओली सरकार विस्थापन गरेर नयाँ सरकार गठनका लागि पहल गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै आएका थिए ।

अब कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । प्रतिनिधिसभाको बैठक आगामी २३ गतेका लागि बोलाइएको छ । त्यो बैठकअघि नै नयाँ सरकार गठनको प्रयास शुरु गर्ने कांग्रेसको तयारी छ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ९ : २६ बजे

रास्वपा महाधिवेशन : प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत प्रवासमा रहेका

स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी

काठमाडौं – होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले

तनहुँका स्थानीय तहद्वारा सात अर्ब ७८ करोडको बजेट प्रस्तुत

दमौली– तनहुँका दश वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी