काठमाडौँमा रकम सङ्कलन गरी डोल्पामा सहयोग « Khabarhub

काठमाडौँमा रकम सङ्कलन गरी डोल्पामा सहयोग


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा सक्रिय सङ्घसंस्था र सामाजिक अभियन्ताले डोल्पाको एक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिका– १ स्थित त्रिपुरा मावि काटियाँचौरका १०० विद्यार्थीलाई पुग्ने गरी शैक्षिक सामग्री सहयोग गरिएको हो ।

उनीहरुले ३० हजार ६०० रकम सङ्कलन गरी ८०० थान कपी, कलमलगायत सामग्री सहयोग गरेको विद्यालयले जनाएको छ ।

शैक्षिक सामग्री खरीदका लागि ज्वेलरी स्कुल एण्ड प्रोडक्सन हाउस, राष्ट्रिय दलित कल्याण सङ्घ तथा सामाजिक अभियन्ता तीर्थ विश्वकर्मा, मोहन विश्वकर्मा, शम्शेर नेपाली, तुलसा लामिछाने, सविना भट्टराई, कमला हेमचुरी र जज एभरेष्टले सहयोग गरेको शिक्षक मनबहादुर सार्कीले बताए ।

प्यूठान निवासी सामाजिक अभियन्ता शम्शेर नेपालीले विद्यालयको नाम अङ्कित १०० थान टाई र १०० थान पेटी सहयोग गरको उनले बताए ।

सहयोगस्वरुप प्राप्त सामग्री जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा सरोकारवालाको उपस्थितिमा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए ।

कक्षा १ देखि १० सम्म अध्ययनरत १०० विद्यार्थीलाई प्रतिविद्यार्थी आठ थान कपी, एक कलम, एक पेन्सिल दरले वितरण गरिएको उपाध्यायको भनाइ छ । दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनत विद्यार्थीको सुनौलो भविश्यको कामना गरेर सहयोग गरेको भन्दै विद्यालयले सहयोगी संस्था र अभियान्ताप्रति आभार प्रकट गरेको छ ।

निःशुल्क कपी, कलम र शैक्षिक सामग्री पाएपछि सम्पूर्ण विद्यार्थी तथा अभिभावक खुशी व्यक्त गर्नुका साथै धन्यवादसमेत दिएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  २ : ०७ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित