ललिपुर मेयर कप : सुदूरपश्चिमको विजयी सुरुवात « Khabarhub

ललिपुर मेयर कप : सुदूरपश्चिमको विजयी सुरुवात


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको खेलमा ललितपुर मेयर्स-११ लाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सुखद सुरुवात गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा ललितपुर मेयर्सले दिएको १ सय ८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमलाई जित दिलाउन मन्जु बोकाटीले ४१ रनको योगदान गरिन् । डोली भट्टले अविजित २२ रन बनाइन् । रेवती धामी १८ रनमा आउट हुँदा कविता जोशी १० रनमा अविजित रहिन् । ललितपुरकी सुमन खतिवडा र आरती विडारीले १/१ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । ललितपुरका लागि कन्चन श्रेष्ठले अर्धशतकीय इनिङ्स खेलिन् । अविजित रहेका कन्चनले ६३ रन बनाए । यस्तै सुमन खतिवडाले १६ रन जोड्दा अश्मिना कर्माचार्यले १३ रन जोडिन् ।

प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ५ : ४६ बजे

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा