उपभोक्ता ठग्ने राजेश हार्डवेयरको बालाजु शाखामा शिलबन्दी « Khabarhub

उपभोक्ता ठग्ने राजेश हार्डवेयरको बालाजु शाखामा शिलबन्दी


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका –१६, बालाजुस्थित राजेश हार्डवेयरमा शिलबन्दी गरेको छ ।

उपभोक्ताको गुनासोका आधारमा विभागले गरेको प्रारम्भिक अध्ययनमा उक्त हार्डवेयरले बिलमा उल्लेखित परिणाम भन्दा कम डण्डीलगायत फलामजन्य सामग्रीको बिक्री गरेको भेटिएको हुँदा ती वस्तु नियन्त्रणमा लिई शिलबन्द गरी बिक्री वितरणमा रोक लगाइएको विभागका प्रवक्ता निर्देशक शिवराज सेडाईले जानकारी दिए ।

विभागले २४ घण्टाभित्र कागजातसहित विभागमा उपस्थित हुन हार्डवेयरका सञ्चालक सागरम अग्रवाललाई निर्देशन दिएको छ ।

राजेश हार्डवेयरको बालाजु शाखाका प्रमुख कमल शर्मालाई भने प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने निर्देशक सेडाईले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : ५७ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै