चेल्सीको लज्जास्पद हार | Khabarhub Khabarhub

चेल्सीको लज्जास्पद हार


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लज्जास्पद हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा १० खेलाडीमा सीमित चेल्सी रेलिगेसन क्षेत्रको वेस्ट ब्रुमसँग ५-२ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले फराकिलो हार व्यहोरेको हो ।

खेलको २७औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

२९औं मिनेटमा चेल्सी १० खेलाडीमा समेटियो । थियागो सिल्भा दोहोरो पहिलो कार्डसहित मैदानबाट बाहिरिएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा माथ्युएस पेरेइराले गोल गर्दै वेस्ट ब्रुमलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसको एक मिनेटपछि पेरेइराले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा वेस्ट ब्रुम २-१ ले अघि रह्यो ।

खेलको ६३औं मिनेटमा कलुम रोबिनसनले गोल गर्दै वेस्ट ब्रुमलाई ३-१ को अग्रता दिलाए ।

६४औं मिनेटमा एमबाए डिग्नेले गोल गरेपछि वेस्ट ब्रुम ४-१ ले अघि रह्यो । ७१औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई ४-२ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्ज्युरी समयमा रोबिनसनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ५-२ को जित दिलाए ।

हारसँगै चेल्सीले ३० खेलमा ५१ अंक जोडेर चौथो स्थानमा रहेको छ । वेस्ट ब्रुम २१ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ६ : १६ बजे

हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ

काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित