काठमाडौँमा पनि नेपाल-खनाल समूहको समानान्तर कमिटी गठन, अध्यक्षमा मानन्धर « Khabarhub

काठमाडौँमा पनि नेपाल-खनाल समूहको समानान्तर कमिटी गठन, अध्यक्षमा मानन्धर


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले नेपाल-खनाल समूहको काठमाडौँ जिल्ला अध्यक्षमा बसन्तप्रसाद मानन्धर चयन भएका छन् ।

देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तीव्रता दिँदै आएको नेपाल–खनाल समूहले आइतबार काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेको हो ।

नेपाल–खनाल समूहको बैठकले बागमती प्रदेश सभाका सदस्यसमेत रहेका मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरेको हो । एमालेको जिल्ला अध्यक्षमा ओली समूहका कृष्ण राई छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेपछि खनाल–नेपाल समूहले समानान्तर कमिटी बनाउने कार्यलाई तीव्रता दिँदै आएका छन् ।

काठमाडौँ जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले ओ‌लीसँग मिल्ने कुनै अवस्था नरहेको पनि दाबी गरे ।

उनले भने, ‘पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीमा पनि हामी बहुमतमा छौँ। वामदेव गौतम पनि हाम्रो पक्षमा आउँदै हुनुहुन्छ।’

नेता नेपालले पार्टीभित्र केपी ओलीले गुटबन्दी गरेका कारण अहिलेको परिस्थिति सिर्जना भएको टिप्पणी गरे । उनले पार्टी विधि पद्धति र सिद्धान्तको आधारमा चल्नुपर्ने पनि बताए। ‘कामको सही मूल्यांकन गरेर सबैलाई समान व्यवहारले गर्नुपर्छ। कसैलाई काखा कसैलाई पाखा गर्न मिल्दैन’ उनले भने।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ४ : ५२ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ