सामाजिक कार्यक्रम गरी कुमारी बैंकले मनायो वार्षिकोत्सव « Khabarhub

सामाजिक कार्यक्रम गरी कुमारी बैंकले मनायो वार्षिकोत्सव


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

यस अवसरमा मिति २०७७ चैत्र २१ गते शनिबार काठमाडौंको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको शुभारम्भ बैंकका संचालक समितिका अध्यक्ष अमीर प्रताप राणाले गरेका थिए ।

पशुपति क्षेत्र विकास कोष, काठमाडौ महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलगायत उच्च व्यवस्थापनका पदाधिकारी र १५० जना कर्मचारीहरुको  सहभागिता रहेको थियो ।

हालसम्म आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको यस बैंकले आफ्नो २० वर्षको यो अनवरत यात्राका हरेका पलमा सम्पूर्ण शुभचिन्तकहरुले दिएको अथक साथ र विश्वास प्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।

बैंकले आफ्ना निरन्तर सेवा र सुविधालाई नवीनतम प्रणालीका साथ सशक्त र सुलभ बनाउँदै जाने प्रेरणाका लागि आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १२ : २५ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर