सामाजिक कार्यक्रम गरी कुमारी बैंकले मनायो वार्षिकोत्सव « Khabarhub

सामाजिक कार्यक्रम गरी कुमारी बैंकले मनायो वार्षिकोत्सव


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

यस अवसरमा मिति २०७७ चैत्र २१ गते शनिबार काठमाडौंको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको शुभारम्भ बैंकका संचालक समितिका अध्यक्ष अमीर प्रताप राणाले गरेका थिए ।

पशुपति क्षेत्र विकास कोष, काठमाडौ महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलगायत उच्च व्यवस्थापनका पदाधिकारी र १५० जना कर्मचारीहरुको  सहभागिता रहेको थियो ।

हालसम्म आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको यस बैंकले आफ्नो २० वर्षको यो अनवरत यात्राका हरेका पलमा सम्पूर्ण शुभचिन्तकहरुले दिएको अथक साथ र विश्वास प्रति हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।

बैंकले आफ्ना निरन्तर सेवा र सुविधालाई नवीनतम प्रणालीका साथ सशक्त र सुलभ बनाउँदै जाने प्रेरणाका लागि आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १२ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै