दिल्लीको खेल आज, सन्दीप मैदान उत्रने सम्भावना | Khabarhub Khabarhub

दिल्लीको खेल आज, सन्दीप मैदान उत्रने सम्भावना


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष दुई टोली बुधबार (आज) एक–अर्काबीच प्रतिस्पर्धा गर्दैछन् । पहिलो स्थानमा रहेको दिल्ली क्यापीटल्स र दोस्रो स्थानको चेन्नई सुपर किङ्सबीचको खेल शीर्ष स्थानका लागि हुनेछ ।

प्लेअफमा स्थान बनाइसकेका दुवै टोली जीतको खोजिमा छन् । दिल्ली र चेन्नईले खेलेका १२ खेलमा समान १६ अंक छ । यहि सिजनको पहिलो भेटमा चेन्नईले दिल्लीलाई ६ विकेटले पराजित गरेको थियो ।

चेन्नई घरेलु मैदानमा आज दिल्लीमाथि जित हात पार्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ । त्यस्तै, २०१२ पछि पहिलो पटक आईपीएलको प्लेअफमा पुग्न सफल दिल्ली आफुलाई शीर्ष स्थानमा यथावत राख्ने दौडमा छ ।

आईपीएलको सफल टोलीविरुद्ध दिल्लीबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने मेदान उत्रिने सम्भावना पनि उत्तिकै छ । यसअघि बैंग्लोरविद्धको खेलमा महँगा सावित भएपनि सन्दीप विकेट लिन सक्ने क्षमता भएका खेलाडी भएकाले उनले आजको खेलमा स्थान पाउने सम्भावना छ । उनी महँगा भएपनि खेल जीतेका कारण दिल्लीले उनलाई टिममा राख्न सक्छ ।

सन्दीप टोलीका लागि कठिन परिस्थितीमा पनि विकेट निकाल्न सक्ने खेलाडी भएकाले पनि उनलाई आजको खेलमा स्थान दिन सक्छ । सन्दीपले यो सिजनको आईपीएलमा रन नियन्त्रण गर्न नसकेपनि आफुले खेलेका ६ खेलमा ९ विकेट लिइसकेका छन् ।

सम्भावित दिल्लीको टोली

पृथ्वी श्वा, श्रयस अयर (कप्तान), रिसभ पन्त, शिखर धवन, कागिसो रबाडा, कोलिन इन्ग्राम, शेरफाने रुथफोर्ड, अक्जर पटेल, अमित मिश्रा, इसान्त शर्मा, सन्दीप लामिछाने

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : ५४ बजे

पार्टीभित्रको आत्मनिन्दा र गुटबन्दीले कांग्रेस कमजोर हुन्छ : प्रकाशशरण महत

रूपन्देही– नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति

आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका

म्याग्दे गाउँपालिकाका ६६ श्रमिक मजदुर कोषमा सूचिकृत

दमौली– जिल्लाको म्याग्दे गाउँपालिकाले ६६ श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको