सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा « Khabarhub

सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा


२२ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिप्रदी ट्रेडिङ्ग प्रालिले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ।

टाटा कमर्शियल गाडीहरूका ग्राहकहरूलाई सहज रूपमा आफ्नै स्थानमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कसपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको कम्पनीले जनाएको छ।

चैत १८ गते टाटा मोर्टस ग्राहक सेवा अन्तर्गतका नेपाल तथा भुटानका कन्ट्री मेनेजर सामान्य दास र सिप्रदी ट्रेडिङ्ग प्रालि ग्राहक सेवाका महाप्रबन्धक सम्देन लामाले संयुक्त रूपमा उक्त वर्कसपको उद्घाटन गरेका थिए।

उक्त अवसरमा विगत लामो समय देखी टाटाका गाडीहरू सञ्चालन गर्दै आएका ग्राहक चिरन पराजुलीलाई सम्मान गर्नुका साथै टाटा बिएसआईभी गाडी सम्बन्धी चालक प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरिएको थियो।

३० जना भन्दा बढी ग्राहकहरूले उक्त प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका थिए। ग्राहकहरूले सम्पूर्ण टाटा कमर्शियल गाडीहरूको सर्भिस तथा साधारण मर्मतका कार्यहरू उक्त सर्भिस सेन्टरबाट प्राप्त गर्न सक्ने कम्पनीको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १२ : ०२ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा