शरद भेषवाकर र बसन्त रेग्मीले त्रिकोणात्मक सिरिज नखेल्ने | Khabarhub Khabarhub

शरद भेषवाकर र बसन्त रेग्मीले त्रिकोणात्मक सिरिज नखेल्ने


२३ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका दुई भेट्रान खेलाडी शरद भेषवाकर र बसन्त रेग्मीले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज नखेल्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि शरद र बसन्तलाई टिम बाहिर नै राखेको हो । क्यानले दुबैलाई बन्द प्रशिक्षणमा नबोलाएपछि शरद र बसन्तको खेल नेपाली दर्शकले मिस गर्ने भएका हुन् ।

क्यानले आइतबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ । जसमा अलराउण्डर शरद र बलर बसन्त परेका छैनन् ।

क्यानले उनीहरु टिममा नरहनुको कारण खुलाएको छैन । नेपाली टिमको बन्द प्रशिक्षण भोली मंगलबार सुरु हुनेछ ।

नेपालले घरेलु भूमिमा नेदरल्यान्ड्स र मलेसियासँग बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार  ५ : ५० बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण