मानव बेचविखनको बदलिँदो स्वरुप, प्रलोभनमा पर्दै चेली « Khabarhub

मानव बेचविखनको बदलिँदो स्वरुप, प्रलोभनमा पर्दै चेली


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपालमा मानव बेचविखनको बदलिँदो परिवेशबारे सचेत हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

काठमाडौंमा मानब बेचविखनको बदलिँदो स्वरुपसम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तरक्रियामा विभिन्न प्रलोभन देखाएर नेपाली चेलीहरुको बेचविखन हुने गरेको सरोकारवालाहरुले बताएका हुन् । युएसएआइडीको सहयोगमा एफडब्लूएलडी लगायत विभिन्न संस्थाले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले नेपालमा मिर्गौला तस्करी तथा मानवबेचविखनको अवस्था भयाबह रहेको बताए ।

कार्यक्रममा अधिवक्ता शतिसकुमार शर्माले दश बर्षको अन्तरातलमा मिर्गौला तथा मानव बेचविखनको अवस्था डरलाग्दो देखिएको बताए । उनले नेपालमा विद्यमान मानव बेचविखन तथा ओसारपसार सम्बन्धी ऐन २०६४ र अंग प्रत्यारोपण ऐन २०५५ एक आपसमा बाझिँदा समस्या समाधानमा थप जटिलाता देखिएको तर्क गरे ।

उनले पैसाको प्रलोभन, डर–त्रास र धम्की देखाएर मानव अंगको बेचविखन हुने गरेको पछिल्ला केही उदाहरणले पुष्टि गरेको बताए । उनले यस्ता घटना न्यूनीकरणका लागि सवैले आ–आफ्नो क्षेत्रमा सहयोग तथा समन्वय गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा महिला कानून विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठले मानव बेचविखनमा संलग्न मुख्य नाइकेहरुलाई समाउन नसक्दा समस्या पटक पटक दोहोरिने गरेको बताए । मानव बेचविखनका विभिन्न स्वरुपहरु देखापरेको भन्दै उनले वैदेशिक रोजगारीले पनि यसलाई थप मलजल गरेको तर्क गरे । उनले भने, ‘एउटा कामका लागि भनेर श्रमिकलाई विदेश पुर्‍याउने अनि तोकिएको तलब पनि नपाउने र अन्यत्रै काममा लगाउने बाध्यता छ, यो पनि मानव बेचविखन हो ।’

उनले वैदेशिक रोजगारीमा जाँदा सचेत हुनुपर्ने बताउँदै वैदेशिक रोजगार विभागको भूमिका पनि यस्ता मुद्धामा सक्रिय हुन नसकेको तर्क गरे । मानव बेचविखनका पीडितहरुले बास्तविकता नखुलाउँदा पीडकहरुले उन्मुक्ति पाइरहेको बताए ।

सीएलआरआरडीकी मञ्जु मरासीनीले नेपाल भित्रै हुने मानव बेचविखन तथा यौन दुराचारको विषयमा खासै चर्चा हुन नसकेको बताइन् । उनले नेपालमा बालबालिकाहरुलाई मनोरञ्जनका क्षेत्रमा प्रयोग गर्न नपाइने भएपनि विभिन्न प्रलोभन देखाएर बालबालिकाहरुलाई यौन दुव्र्यवहारको शिकार बनाइएको आरोप लगाइन् ।

कार्यक्रममा सहभागीहरुले मानव बेचविखन तथा ओसापसारका घटना न्यूनीकरणमा सञ्चार माध्यमको उल्लेखनीय भूमिका रहने बताएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १ : ०५ बजे

प्रधानमन्त्री कार्की ताप्लेजुङमा

ताप्लेजुङ– प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी

मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

हेटौंडा–  मकवानपुरमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य

काठमाडौं–२ : नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा

बंगलादेशमा अवामी लिग प्रतिबन्धित हुँदा बीएनपी ठूलो जिततर्फ

काठमाडौं– बंगलादेशको राष्ट्रिय चुनाव २०२६ मा राष्ट्रियतावादी पार्टी (बीएनपी) ठूलो