भ्रमण छोट्याएर राष्ट्रपति आज स्वदेश फर्कंदै « Khabarhub

भ्रमण छोट्याएर राष्ट्रपति आज स्वदेश फर्कंदै


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–छिमेकी राष्ट्र चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) स्वदेश फर्कंदैछिन् । स्वास्थ्यमा समस्या देखा परेपछि राष्ट्रपति भण्डारीले एक दिन भ्रमण छोट्याएर स्वदेश फर्कंने भएकी हुन् ।

परराष्ट्रमन्त्रालय स्रोतका अनुसार उनी बिहान १०: ४० बजे काठमाडौं आइपुग्ने छिन् । भ्रमणका क्रममा बेइजिङबाट ल्हासा पुगेकी भण्डारी त्यहीबाट स्वदेश फर्कंने छन् ।

यसअघिको भ्रमण तालिका अनुसार राष्ट्रपति भोलि (बिहीबार) एयर चाइनाको उडानबाट स्वदेश फर्कंने कार्यक्रम थियो । तर, स्वास्थ्यमा आएको खराबीका कारण सिचुआन एयरलान्सको उडानबाट स्वदेश फर्कंने कार्यक्रम बन्यो । राष्ट्रपतिको स्वास्थ्यका कस्तो समस्या आएको भन्ने खुलेको छैन ।

राष्ट्रपतिको पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत आज पोटाला र जोखाङ दरबार भ्रमण गर्ने, कृषि परियोजना अवलोकन गर्नेलगायत तय भएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ८ : ०४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा