विराट गोल्डकपको तयारी पूरा, भोलिको उद्घाटनमा सिक्किम र विराटनगर भिड्ने | Khabarhub Khabarhub

विराट गोल्डकपको तयारी पूरा, भोलिको उद्घाटनमा सिक्किम र विराटनगर भिड्ने


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । भोलिदेखि शुरू हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन्।

प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, व्यवस्थापनलगायतका सबै तयारी सकिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। प्रदेश राजधानी विराटनगरको शहीद रंगशालामा आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमले सहभागिता जनाउने पक्का भएको आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए। जसमा नेपाली सात र विदेशी तीन टिम छन्।

नेपालका विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)का साथै विराटनगर–११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज क्लब, सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब सहभागी हुनेछन्। त्यस्तै विदेशी टिमबाट भारतको सिक्किम युनाइटेट फुटबल क्लब, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन सहभागी रहने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर–११ र सिक्किम युनाइटेट फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। विराटनगरले घरेलु मैदानमा विदेशी टिमको सामना गर्न लागेको यो पहिलोपटक हो।

विराटनगरलाई आफ्नै मैदानमा विदेशी टिमलाई पराजित गरेर प्रतियोगितामा सुखत सुरुआत गर्नुपर्ने दबाब हुनेछ। सिक्किम पनि घरेलु टिमलाई पराजित गरेर प्रतियोगिताको आगामी यात्रा तय गर्दै उच्च मनोबल बनाउन चाहनेछ।

विराट गोल्डकप ट्रष्टको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा रात्रिकालिन खेल हुन लागेको हो।

ट्रष्टका अध्यक्ष सन्तोष बानियाका अनुसार यस वर्ष पुरस्कार राशि बढाएर १५ लाख १५ हजार रुपैयाँ पुर्‍याइएको छ। उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ। यसअघिको संस्करणमा विजेताले १२ लाख प्राप्त गरेको थियो। यस वर्ष पुरस्कार राशिमा ३ लाख वृद्धि गरिएको हो।

प्रतियोगितामा विभिन्न सातवटा विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी बानियाले दिए। त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन्।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १० : १३ बजे

म्याग्दीमा नवौँ मुनसन कप सुरु

म्याग्दी– तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु

भियतनामका उपराष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

-सिबी अधिकारी/रासस उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा