सभामुखलाई प्रभावकारी भूमिका खेल्न सत्तापक्षको सुझाव « Khabarhub

सभामुखलाई प्रभावकारी भूमिका खेल्न सत्तापक्षको सुझाव


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाका गतिविधि र काम कारवाहीलाई प्रभावकारी तुल्याउन सभामुखको विशेष पहल र भूमिका आवश्यक रहेको बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का लालबाबु पण्डितले संसद् र संसदीय व्यवस्थामाथि प्रश्न उठ्छ भने सभामुखको भूमिकाप्रति पनि प्रश्न उठ्ने भएकाले प्रभावकारी भूमिका खेल्न सुझाव दिए ।

उनले भने, “प्रतिनिधिसभाको चालु सातौँ अधिवेशनका विधेयक अधिवेशन भएकाले मुलुक र जनताका सरोकारसँग सम्बन्धित पाँच दर्जनभन्दा बढी महत्वपूर्ण विधेयक लामो समयदेखि सदनमा अड्किएका छन्, यो अधिवेशनमा एउटा पनि विधेयक सदनले पास गर्छ कि गर्दैन भनी चासो र कौतुहलताकासाथ जनताले हेरिरहेको अवस्था छ ।”

जनताले आशा गरेका विधेयकलाई अघि बढाउन प्रधानमन्त्री, मन्त्री वा सांसद कसले रोकेको छ भनी प्रश्न गर्दै सांसद पण्डितले भने, “होइन भने एकतर्फीरूपमा संसद्लाई सरकारले काम दिएन भनियो भने पूर्वाग्रहभन्दाबाहेक अरु केही हुनेछैन ।”

सदनको कामलाई चुस्त र प्रभावकारी तुल्याउन सभामुखबाट पहलकदमीको खाँचो औँल्याउँदै उनले भने, “सरकार र सांसदलाई दोष दिएर उम्कन खोज्ने स्थिति हुनुहुन्न, सदनमा थाती विधेयक र प्रस्तावलाई अघि बढाउन आग्रह गर्न चाहन्छु ।”

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ९ : ४५ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन