काठमाडौँका घरहरुमा दिउँसो चोरी गर्ने ‘कुखुरे समूह’का पाँच पक्राउ « Khabarhub

काठमाडौँका घरहरुमा दिउँसो चोरी गर्ने ‘कुखुरे समूह’का पाँच पक्राउ


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले चोरीमा संलग्न एक समूहका पाँच जनालाई पक्राउ गरेको छ। चोरीमा संलग्न कुखुरे भनि चिनिने राजेश लामिछाने समूहका पाँच जनालाई पक्राउ गरेको हो ।

बालाजु, महाराजगंज क्षेत्रलाई आधार बनाएर काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा दिउँसै चोरी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त,महाराजगञ्‍जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बालाजुका २५ बर्षीय राजेश लामिछाने ‘कुखुरे’, नुवाकोटका २५ वर्षीय भिम तामाङ ,काठमाण्डौ चन्द्रागिरीका २३ वर्षीय रितेश लामा, धादिङका २७६ वर्षीय बिलाष खतिवडा र धादिङकै २८ वर्षीय नवराज सदाशंकर रहेका छन्।

प्रहरीले उनीहरुको चार थान मोबाइल, एक थान एलइडी टिभी, सुनका गरहगना ३ तोला ४० लाल बरामद गरेको जनाएको छ।

घरमा कोही नभएको मौका पारेर उनीहरुले दिउँसै चोरी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत महाराजगञ्ज पठाइएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : ४५ बजे

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन

बागमतीमा सत्ताको खेलले राप्रपामा भाँडभैलो, केन्द्रको निर्देशन लत्याएपछि दलका नेता थापामाथि कारबाही !

काठमाडौं- बागमती प्रदेशमा सरकार गठनको विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी