भिडियोमा श्याम र बुनुको ‘बुलबुल तालैमा’ | Khabarhub Khabarhub

भिडियोमा श्याम र बुनुको ‘बुलबुल तालैमा’


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक श्याम गुरुङ र गायिका बुनु श्रेष्ठको स्वर रहेको गीत ‘बुलबुल तालैमा’ को भिडियो सार्वजनिक भएको छ ।

२०५२ सालमा रेडियो नेपालमा प्रथम भएको यो गीतको २०५४ सालमा रि–रेकर्डिङ गरिएको हो । त्यो समयमा यो गीतको चार लाख बढी अडियो बिक्री भएको थियो ।

गायक श्याम हाल अमेरिमामा छन् । कृष्ण थापा र श्याम गुरुङको शब्द रहेको यस गीतमा श्याम गुरुङको नै संगीत रहेको छ । गीतमा रिदम कँडेलको एरेन्ज छ ।

भिडियोमा सुधीर श्रेष्ठ, महादेव त्रिपाठी, यांगशु श्रेष्ठ र आकांक्षा तामाङ फिचर्ड छन् । भिडियोमा होचा व्यक्ति मनोज विकको पनि अभिनय छ ।

भिडियोमा रामकुमार केसीको छायांकन, गौतमराज खड्काको सम्पादन तथा दीपेन्द्र शाही ठकुरीको कोरियोग्राफी छ । भिडियोका निर्देशक खिलबहादुर गुरुङ हुन् ।

स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ११ : ५० बजे

दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी

दोहा – कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल

राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा

फिल्म हल आजदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म

यी भूभागमा मध्यमदेखि भारी वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ओमप्रकाश अर्याल गृहमन्त्री बन्ने भएपछि जेनजीमा विवाद : मध्यरातमा बालुवाटारमा प्रदर्शन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका