‘माइ सेकेण्ड टिचर’ वैशाख १ बाट देशभर सञ्चालन हुने « Khabarhub

‘माइ सेकेण्ड टिचर’ वैशाख १ बाट देशभर सञ्चालन हुने


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यले इन्नोभेट टेकले ईलर्निङ प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ वैशाख १ गतेदेखि देशैभर सञ्चालनमा ल्याउने भएको छ ।

नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोडेर अघि बढाउने उद्देश्यसहित उक्त प्रडक्ट ल्याएको इन्नोभेट टेकले जनाएको छ ।

इन्नोभेन्ट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षामा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताए ।

यो प्ल्याटफर्मले विद्यार्थी, शिक्षक, अभिभावक र विद्याललय सञ्चालक सबैलाई उपयोगी हुने बुढाथोकीको दाबी छ ।

ईलर्निङ प्ल्याटफर्ममा समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवहरूलाई शिक्षण पद्धतिसँग जोड्ने शिक्षक विद्यार्थीको रोचक संवादमा आधारित अन्तर्क्रियात्मक भिडियो सामग्रीहरू समावेश गरिएको छ ।

यो प्रविधिमा विद्यार्थीले नबुझेका कुरा शिक्षकसँग अनलाइन र व्यक्तिगत रूपमै सोध्न मिल्ने सजिलै उपलब्ध अनलाइन ट्युटर सेवा पनि रहेको उनले बताए ।

प्रत्येक विद्यार्थीको सही मूल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्ट, कुनै पनि समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपर लगायतका थुप्रै विशेषताहरू भएको सो प्रडक्टमा रहेका छन् ।

हाल एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै कक्षा १० को अनिवार्य गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक विद्यार्थीको कुराकानीमा आधारित अन्तर्क्रियात्मक भिडियो सामग्रीहरू देशभर उपलब्ध हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालमै नेपालीले बनाएको यो प्ल्याटफर्म विश्वका १८ विकसित देशका क्यम्ब्रिज विद्यालयमा पुगिसकेको र त्यहाँका विद्यार्थी, शिक्षक र अभिभावकहरुले प्रयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सन् २०२० मा एशिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० ईलर्निङ प्ल्याटफर्ममा पर्न सफल भइसकेको बताउँदै बुढाथोकीले सेकेण्ड टिचर नेपालको शैक्षिक गुणस्तर सुधारमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : ३३ बजे

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू