बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन « Khabarhub

बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम रादरबारले घोषणा गरेको छ ।

राजकुमार फिलिप र राजकुमारी एलिजाबेथबीच सन् १९४७ मा विवाह भएको थियो । विवाहको पाँच वर्षपछि एलिजाबेथले राजगद्दी सम्हालेकी थिइन् ।

बीबीसीका अनुसार बकिङ्घम रादरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गहिरो दुखका साथ रानीले उनका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन् ।”

“महामहिमको शान्तिपूर्वक आज बिहान विन्डसर क्यासलमा निधन भएको छ ।”

गत महिना द ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज भएका थिए । राजकुमार फिलिप र महारानीका चार सन्तान, आठ नातिनातिनी छन् भने १० जना पनातिपनातिनी छन्।

उनीहरूका छोरा प्रीन्स अफ वेल्स राजकुमार चार्ल्स सन् १९४८ मा जन्मेका थिए । त्यसपछि उनकी बहिनी राजकुमारी एनी सन् १९५० जन्मेकी थिइन्, द ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा जन्मेका थिए र द अर्ल अफ वेसेक्स प्रीन्स एडवार्ड सन् १९६४ मा जन्मेका थिए।

प्रिन्स फिलिप ग्रीक आइल्यान्ड अफ कोर्फुमा १० जुन सन् १९२१ मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जोर्ज प्रथमका कान्छा छोरा थिए ।

उनकी आमा राजकुमारी एलिस लर्ड लुइ माउन्टब्याटन र रानी भिक्टोरियाका पनातिनी थिइन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : ४९ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन