बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन « Khabarhub

बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम रादरबारले घोषणा गरेको छ ।

राजकुमार फिलिप र राजकुमारी एलिजाबेथबीच सन् १९४७ मा विवाह भएको थियो । विवाहको पाँच वर्षपछि एलिजाबेथले राजगद्दी सम्हालेकी थिइन् ।

बीबीसीका अनुसार बकिङ्घम रादरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गहिरो दुखका साथ रानीले उनका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी छन् ।”

“महामहिमको शान्तिपूर्वक आज बिहान विन्डसर क्यासलमा निधन भएको छ ।”

गत महिना द ड्यूक अफ एडिनबरा एक महिना अस्पताल बसेर डिस्चार्ज भएका थिए । राजकुमार फिलिप र महारानीका चार सन्तान, आठ नातिनातिनी छन् भने १० जना पनातिपनातिनी छन्।

उनीहरूका छोरा प्रीन्स अफ वेल्स राजकुमार चार्ल्स सन् १९४८ मा जन्मेका थिए । त्यसपछि उनकी बहिनी राजकुमारी एनी सन् १९५० जन्मेकी थिइन्, द ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा जन्मेका थिए र द अर्ल अफ वेसेक्स प्रीन्स एडवार्ड सन् १९६४ मा जन्मेका थिए।

प्रिन्स फिलिप ग्रीक आइल्यान्ड अफ कोर्फुमा १० जुन सन् १९२१ मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जोर्ज प्रथमका कान्छा छोरा थिए ।

उनकी आमा राजकुमारी एलिस लर्ड लुइ माउन्टब्याटन र रानी भिक्टोरियाका पनातिनी थिइन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : ४९ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको