सत्ता समीकरणबारे छलफल गर्न तीन दलको बैठक देउवा निवासमा शुरु « Khabarhub

सत्ता समीकरणबारे छलफल गर्न तीन दलको बैठक देउवा निवासमा शुरु


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक बुढानीलकण्ठमा शुरु भएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको बैठक शुरु भएको हो ।

ज‍सपाका नेताहरु ढिला गरी पुगेको हुँदा ३ बजेका लागि बोलाइएको बैठक ढिला गरी मात्र शुरु भएको हो ।

बैठक अघि जसपाका शीर्ष नेताहरुले आन्तरिक छलफल गरेका थिए । उक्त छलफलपश्चात मात्र उनीहरु देउवा निवास पुगेको स्रोतले जानकारी दिएको हो ।

बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु निर्धारित समयमै बुढानिलकण्ठ पुगेका थिए ।

बैठकमा प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी भएको जनाइएको छ ।

जसपाका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई पनि बैठकका लागि पुगेका छन्।

सत्तासाझेदारी लगयतका विषयमा छलफल गर्न सभापति देउवाले शुक्रबार दिउँसो ३ बजेका लागि तीन दलको बैठक आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : ४३ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको