वैशाखभित्रै कोरोना खोप उपलब्ध गराउन सिरमलाई सरकारले पठायो पत्र | Khabarhub Khabarhub

वैशाखभित्रै कोरोना खोप उपलब्ध गराउन सिरमलाई सरकारले पठायो पत्र


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग खरिद गरेको बाँकी १० लाख डोज कोरोना विरुद्धको खोप वैशाखभित्र उपलब्ध गराउन तेस्रो पटक पत्राचार गरेको छ ।

सिरमले उपलब्ध गराउनु पर्ने खोप नआउँदा नेपालको खोप अभियान प्रभावित भएपछि स्वास्थ्य मन्त्रालयले पुनः पत्र पठाएको हो ।

गत फागुन ५ गते सरकार र सिरम इन्स्टिच्युटबीच प्रतिखोप चार डलरका दरले २० लाख डोज खोप खरिद गर्ने सहमति भएको थियो ।

बाँकी १० लाख त्यसको एक साता अर्थात फागुन १५ गतेभित्र पठाइसक्नुपर्ने थियो । तर, सिरमले कुनै कारणबिना तत्काल खोप आपूर्ति गर्न नसकिने पत्र नेपाल सरकारलाई लेखेको थियो ।

खोपका लागि सरकारले ९३ करोड रुपैयाँ सिरमलाई उपलब्ध गराइसकेको छ । भारतभित्रै ब्यापक माग भइरहेको अवस्थामा भारतीय विदेश मन्त्रालयले अस्थायीरुपमा खोप आपूर्तिमा रोक लगाएको विवरण बीबीसीमा आएको थियो ।

तर, भारतीय विदेश मन्त्रालयले खोप आपूर्तिमा रोक नलगाएको बताइसकेको छ । नेपालमा सिरमले उत्पादन गरेको कोभिशिल्ड खोपलाई झन्डै १८ लाख जनाले लगाइसकेका छन् ।

यसअघि, भारतले १० लाख डोज अनुदानमा दिएको थियो भने सरकारले खरिद गरेको १० लाख डोज सिरमले उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : ४० बजे

प्रिन्स ह्यारी र मेघन शाही सदस्यका रुपमा फर्केलान् ? गोप्य तस्बिर बाहिरिएपछि तनाव

काठमाडौं– बेलायती राजकुमार ह्यारी शाही पदमा फर्कन हतारो गरिरहेको आरोप

नदीले बगाउँदा एक जनाको मृत्यु

बाजुरा– बुढीगङ्गा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा आज एक जनाको मृत्यु

संसद्‌मा रास्वपालाई कांग्रेस सांसद न्यौपानेका चार प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका सांसद ईश्वरी न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई

मध्यपश्चिम विश्वविद्यालयको बजेट स्वीकृत

काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७औँ सभा बैठकले आगामी आर्थिक

सभामुखको आलोचना गर्दै लिङ्देनको टिप्पणी- यो संसदीय इतिहासकै कालो समय हो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा हाल