पुनर्नियुक्त चारै मन्त्रीले लिए सपथ « Khabarhub

पुनर्नियुक्त चारै मन्त्रीले लिए सपथ


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई सपथ गराएकी हुन् ।

उर्जा,जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर राइमाझी, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट, सहरी विकाश मन्त्री प्रभु साह र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरिशंकर चौधरीले राष्ट्रपति भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा, मुख्य सचिव शंकरदास बैरागी, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा, रथी प्रभुराम शर्मा लगायतको उपस्थिति रहेको थियो।

आजै प्रधानमन्त्री ओलीले उनीहरुलाई मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चारै जनालाई मन्त्रीमा पुनर्नियुक्ति गरेकी थिइन्।

बिहीबार माओवादी केन्द्रले ओली सरकारमा रहेका टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी, लेखराज भट्टलाई धोका दिएको भन्दै कारबाही गरेको थियो। कारबाहीपछि उनीहरूको सांसद पदसमेत गुमेको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पदबाट पनि पदमुक्त हुने व्यवस्था छ ।

माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो ।

सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : २३ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको