२०८ जना नेता–कार्यकर्ता रिहा गर्न जसपाले लेख्यो सरकारलाई पत्र « Khabarhub

२०८ जना नेता–कार्यकर्ता रिहा गर्न जसपाले लेख्यो सरकारलाई पत्र


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले विभिन्न अभियोगमा जेलमा रहेका आफ्ना २ सय ८ जना नेता/कार्यकर्ता रिहा गर्न सरकारलाई पत्र लेखेको छ ।

जसपाले विभिन्न २४ मुद्धामा अभियोग लागेका २ सय ८ जना पार्टीका नेता/कार्यकर्ता रिहा गर्न गृह मन्त्रालयलाई पत्र लेखेको हो ।

जसपासंगको छलफलपछि सरकारले राजनीतिक मुद्दाको प्रकृति उल्लेख गरी निर्देशिका बनाएको छ । सोही निर्देशिकाको आधारमा २०८ जना नेता/कार्यकर्ता रिहा गर्ने प्रक्रिया अघि बढाउन गृहमन्त्रालयमा पत्र पठाइएको जसपाका नेता सुरेन्द्र झाले जानकारी दिए ।

‘हामीले पठाएकोमा राजनीतिक मुद्धा नै छ । यसलाई गृह मन्त्रालयले हेर्छ र यस्तो यस्तो रहेछ भनी रुजु गर्छ’ नेता झाले भने, ‘पत्र गृहमन्त्रालयबाट कानुन मन्त्रालय हुँदै कानुनी रायसहित मन्त्रिपरिषदमा पुगेर निर्णय हुन्छ।’

जसपाले उल्लेख गरेको २ सय ८ जनामा टीकापुर घटनामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशम चौधरीदेखि प्रदेशको समाजिक विकास राज्यमन्त्री र स्थानीय तहका प्रमुखसमेत रहेका छन् ।

छानविन समिति गठन

जसपाले पठाएको विवरण अध्ययन गर्न गृहमन्त्रालयले एक जना सहसचिवको नेतृत्वमा छानविन समिति बनाएको छ । तर, छानविन समितिमा को को छन् भन्ने जानकारी गृहमन्त्रालयले दिएको छैन ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले छानविन समिति बनेको बताउँदै समितिले कार्यविधि बमोजिम प्रक्रिया पुगे/नपुगेको, कागजपत्र पुगे/नपुगेको हेर्ने र रिपोर्ट पेश गर्ने बताए ।

गत फागुन २७ र २८ गते सरकार र जसपाबीच वार्ता भएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ८ : ५० बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट