पशुपतिस्थित वत्सलेश्वरीमा आज रातभर देशोद्धार पूजा गरिँदै « Khabarhub

पशुपतिस्थित वत्सलेश्वरीमा आज रातभर देशोद्धार पूजा गरिँदै


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशमा शान्तिको कामनाले गरिने देशोद्धार पूजा एवं जात्राको छैटौँ दिन आज रातभर पशुपति क्षेत्रस्थित वत्सलेश्वरी मन्दिरमा देवीको पूजा आराधना गरिँदैछ ।

चैत्र कृष्ण त्रयोदशीका दिन कर्माचार्य थरका पूजारीले बलिदान एवं पञ्चमकारसहित रातभर पूजा गर्ने प्राचीन परम्परा रहेको पशुपति क्षेत्र विकास कोषको तर्फबाट पर्व एवं जात्रा हेर्नुहुने वरुण खतिवडाले जानकारी दिए ।

पशुपति क्षेत्रका नौ शक्तिपीठमा आज राति पूजा गरिने छ । यहाँका नौ शक्तिपीठ गुह्येश्वरी, राजराजेश्वरी, वनकाली, भुवनेश्वरी, जयवागेश्वरी, झम्केश्वरी, बालकुमारी, मनमानेश्वरी र निर्वाणेश्वरीमा पूजा आराधना गरिन्छ । यस अवसरमा चार जात ६४ वर्णका ७२ कन्यालाई पूजा गरिन्छ । कन्या पूजाका लागि अबिर पीठको विशेष आसन बनाइन्छ । चैत्रकृष्ण द्वादशीका दिन बिहीबार बज्रेश्वरी (पिङ्गलास्थान) मा विशेष पूजा गरिएको थियो ।

चैत्र कृष्ण अष्टमीदेखि चैत्र शुक्ल द्वितीयाससम्म पशुपति क्षेत्रमा देशोद्धार पूजा एवं जात्राका विविध कर्म हुने गरेको छ । यो पूजा र जात्राको परम्परा लिच्छवीकालदेखि चल्दै आएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ११ : १५ बजे

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१