तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ « Khabarhub

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन् ।

मुख्यमन्त्री गुरुङले आज बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताए ।

वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भने, “एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ । उनीहरुको अवस्था सजिलो छैन ।”

उनले गण्डकी प्रदेश सरकार पनि बलियो रहेको बताए ।

मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरको बताए ।

मुख्यमन्त्री गुरुङले भने,“समृद्धिका लागि जग बसालेका छौँ । थप नतिजा छिट्टै देखिन्छ ।” उनले गण्डकी प्रदेश सरकारले सभ्य समाज र समृद्ध प्रदेश बनाउने अभियानका साथ काम गरिरहेको बताए ।

ग्यासको सट्टामा बिजुलीको चुलो वितरण गर्न लागेको, प्रदेशमा चक्लाबन्दीको अभियान थाल्न लागेको उनको भनाइ छ ।

मुख्यमन्त्री गुरुङले भने, “रु ३५ अर्बमध्ये २० अर्ब भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले खर्च गर्दै बढीभन्दा बढी प्राथमिकतामा दिँदै आइरहेको छ । गण्डकी प्रदेशमा पाँच लाख ७८ हजार घरधुरी रहेकामा यसै वर्षभित्र विद्युत् नपुगेका घरधुरीमा विद्युत् पुर्‍याउँछौँ । अर्को वर्ष आधारभूत खानेपानी नपुगेका सबै घरधुरीमा एक घर एक धारा पुग्छ।”

मुख्यमन्त्री गुरुङले बेँसीशहर नगरपालिकाले बेँसीशहर–१ स्थित प्रवेशद्वारमा निर्माण गरेको प्रवेशद्वार, उदिपुर–डिही खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रदेश सरकार र स्थानीयवासीको सहकार्यमा निर्माण गरेको एक घर एक धारा र जनकल्याण माध्यमिक विद्यालयको चार कोठे भवनको एक दिन उद्घाटन गरेका थिए ।

तीनवटै आयोजनाको उद्घाटनपछि संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो ।

बेँसीशहर नगरपालिकाले करीब २२ लाखमा डुम्रे–बँेसीशहर सडक खण्डको उदिपुरमा प्रवेशद्वार निर्माण गरेको हो ।

त्यस्तै ६२३ घरधुरी लाभन्वित हुनेगरी निर्माण सम्पन्न भएको उदीपुर–डिही खानेपानी रु दुई करोड ९८ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो । त्यसैगरी जनकल्याण माध्यमिक विद्यालयको चार कोठे भवन रु ६८ लाख ३२ हजार ९९१ मा राष्ट्रिय प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लमजुङले निर्माण गरेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १० : १३ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट