पत्रकार महासंघ निर्वाचन : मत गणना सकियो, औपचारिक घोषणा हुन बाँकी « Khabarhub

पत्रकार महासंघ निर्वाचन : मत गणना सकियो, औपचारिक घोषणा हुन बाँकी

विपुल पोखरेल प्यानलको जित निश्चित, प्रेस युनियनले थाल्यो विजयोत्सव


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सकिएको छ ।

मतगणना सकिएपनि औपचारिक घोषणा हुन बाँकी छ । मत परिणाम अनुसार निर्वाचनमा विपुल पोखरेलको प्यानलको जित निश्चित भएको छ ।

पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो । अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी भोटले पछि पारेका छन् ।

विपुलको जित निश्चित भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाइरहेको छ । मत परिणामको औपचारिक घोषणा ५ बजेपछि गर्ने कार्यक्रम छ ।

पछिल्लो परिणामअनुसार प्रेस युनियन प्रेस संगठन तथा माधव नेपाल निकट प्रेस चौतारीसहित ११ संगठन सबै पदमा अगाडि छन् ।

पछिल्लो मत परिणाम अनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र निर्मला शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको छ । गजेन्द्र बुढाथोकीले १७६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ३ : ०० बजे

सिक्किम सुरुङ दुर्घटना : नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता

नयाँदिल्ली– भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा

सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३

निर्वाचन आयोगका सिफारिस पदाधिकारीको सुनुवाइ साउन १२ र १३ मा

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।