धनुषामा तस्करको समूहले लुट्यो प्रहरीको पेस्तोल र गोली « Khabarhub

धनुषामा तस्करको समूहले लुट्यो प्रहरीको पेस्तोल र गोली


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपालसँग सीमाना जोडिएको भारतीय राज्य बिहारमा प्रतिबन्धित रक्सी तस्करी गर्ने तस्करहरुको समूहले नेपाल प्रहरीको पेस्तोल र गोली लटेर लगेको छ ।

धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा सुरक्षाका लागि खटिएको प्रहरी टोलीका कमाण्डरको पेस्तोल र त्यसमा लाग्ने गोली तस्करको समूहले लुटेर लगेको हो ।

तस्कहरुले गस्तीमा खटिएको प्रहरी टोलीका कमाण्डर प्रहरी सहायक निरीक्षक (सई) प्रमोद कुमार साहसँग रहेको चाइनिज पेस्तोल १ थान र गोली लोड गरिएको म्यागेजिन लुटेर लगेको जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतले जानकारी दिएको छ ।

सीमावर्ती क्षेत्रमार्फत नेपालबाट भारततर्फ रक्सी तस्करी हुन थालेपछि प्रहरी टोलीले सुरक्षाका लागि गस्तीमा खटिएको थियो ।

तस्करहरुले तस्करी नियन्त्रणका लागि खटिएको प्रहरी टोलीका कमाण्डरकै पेस्तोल लुटेर लगेको हो ।

प्रहरीले तस्करको समूहको खोजी जारी रहेको जनाएको छ । करिब १५ जनाको संख्यामा रहेका तस्करहरु पेस्तोल लुटेपछि भारततर्फ भागेका जनाइएको छ ।

उनीहरुलाई पक्राउ गर्न २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले बिहार प्रहरीसँग समन्वयको प्रयास गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १२ : ४८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल