बार्सिलोना रियल मड्रिडसँग पराजित « Khabarhub

बार्सिलोना रियल मड्रिडसँग पराजित


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बार्सिलोनालाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनालाई २-१ ले हराउँदै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।

बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । २८औँ मिनेटमा क्रुसले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

६०औँ मिनेटमा ओस्कारले एक गोल फर्काए पनि बार्सिलोना २-१ ले पराजित भयो ।

यस्तै खेलको इन्जुरी समय कासिरिमोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अंक रहेको छ । बार्सिलोना ६५ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : ४५ बजे

कुमारी बैंकद्धारा इलाममा वृक्षारोपण कार्यक्रम

काठमाडौं– विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक

सीमा विवादमा बालेनलाई राजेश हमालको सुझाव : नेतृत्वमा परिपक्वता र दूरदृष्टि चाहिन्छ

काठमाडौं- अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा प्रायः प्रयोग हुने

क्यान्सरको औषधि आपूर्तिबारे विवरण पेश गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड संकलन

कैलाली– धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण

जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच