विद्यालय सञ्चालनको निर्णय लिन शिक्षा मन्त्रालयले बोलायो बैठक « Khabarhub

विद्यालय सञ्चालनको निर्णय लिन शिक्षा मन्त्रालयले बोलायो बैठक


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालबालिकामा पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि विद्यालय सञ्चालन गर्ने किन बन्द गर्ने भन्ने बहस चलेको छ ।

स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गर्दै विद्यालय बन्दका लागि सिफारिस नै गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले पनि संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव गरेको छ ।

यही विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाको बैठक बोलाएको छ । भोलि बिहान (सोमबार ८ बजे) मन्त्रालयमै बस्ने गरी सरोकारवालालाई बोलाइएको मन्त्रालयलाई जनाएको छ ।

मन्त्रालयका एक कर्मचारीका अनुसार भोलि विद्यालयका सरोकारवालालाई बैठकमा बोलाइएको छ । उनीहरुसँगको छलफल पछि कोरोना संक्रमण दर बढ्दा विद्यालय सञ्चालन गर्ने कि बन्द गरेर अनलाइन माध्यमबाट पढाउन थाल्ने भन्ने निर्णय हुन सक्ने उनले बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  २ : १३ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित