कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको अवधि बढाउने (भिडियोसहित) « Khabarhub

कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको अवधि बढाउने (भिडियोसहित)


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि बढाउने विषयमा छलफल शुरु गरेको छ ।

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि बढाउने विषयमा कांग्रेसले छलफल गरेको हो ।

पार्टी कार्यालय सानेपामा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा धेरै जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरण नसकिएकाले यसको अवधि बढाउने बिषयमा छलफल भएको हो ।

हेरौँ भिडियो

यसअघि कांग्रसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म कायम गर्ने निर्णय गरेको थियो । तर थप गरिएको समयमा पनि उक्त काम सम्पन्न नभएकाले यसलाई थप गर्ने विषयमा बैठकमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवेशनको कार्यतालिकालाई असर नपर्ने गरि सदस्यता वितरण र नवीकरणको अवधि बढ्न सक्ने उनले बताए । पदाधिकारीको प्रस्ताव सोमबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा लगिने उनले बताए ।

कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि अन्य दलहसंग छलफल भएकाले माओवादी र जसपाले पार्टीभित्र छलफल गरेपछि पुनः उनीहरुसँग छलफल गरिने जानकारी प्रवक्ता शर्माले दिए ।

आफ्नै नेतृत्वमा सरकार गठनका लागि यसअघि कांग्रेस माओवादी र जसपासँग सयुक्त छलफल गरेको थियो । आइतबारको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ७ : २२ बजे

कांग्रेसको प्रदेश सम्मेलन तालिका सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसले देशभर प्रदेशस्तरीय सम्मेलन आयोजना गर्ने तालिका सार्वजनिक

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा