'लाज पचाएरै' ओली पदमा बसिरहेका छन् : प्रचण्ड | Khabarhub Khabarhub

‘लाज पचाएरै’ ओली पदमा बसिरहेका छन् : प्रचण्ड


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘लाज पचाएर’ पदमा बसिरहेको आरोप लगाएका छन् ।

गृहजिल्ला चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापनापछि तुरुन्त प्रधानमन्त्रीबाट हट्नुपर्नेमा ओली लाज पचारए पदमा बसिरहेको आरोप लगाएका हुन् ।

संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले ओलीलाई पदमा बस्ने नैतिक हैसियत नभएको प्रचण्डको भनाइ छ ।

उनले अबको केही दिनमै प्रधानमन्त्री ओलीलाई हटाउने बताए । उनले सहमति भयो भने काँग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने समेत जानकारी दिए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ८ : १८ बजे

किन लगाउने साउनमा हरियो चुरा र मेहेन्दी ?

काठमाडौं– श्रावण महिनालाई भगवान् शिवको महिनाका रूपमा मानिँदै आइएको छ

उत्तर कोरियाले पाँच हजार टनको विध्वंसक युद्धपोत बनाउने

सोल- उत्तर कोरियाले आफ्नो नौसेनाका लागि थप पाँच हजार टन

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको

बीपीको राजनीतिक चिन्तन आधुनिक नेपाल निर्माणको मार्गदर्शन : सभापति देउवा

 काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापक नेता बीपी कोइरालाको

भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरले दिए राजीनामा

नयाँ दिल्ली- भारतका उपराष्ट्रपति जगदीप धनखरले पदबाट राजीनामा दिएका छन्