नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु, ४९६ थपिए « Khabarhub

नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु, ४९६ थपिए


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो भने विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका ५ जनाको विवरण सोही अवधिमा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

योसँगै हालससम्म नेपालमा ३ हजार ५३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३८ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ७४ हजार १६५ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो एक साताको विवरण हेर्दा कोरोना संक्रमितको दर बढ्दो देखिएको छ । गत सोमबार चैत २३ गते नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो  भने २६६ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी चैत २४ गते मंगलबार २६० जनामा संक्रमण पुष्टि भएको थियो । २५ गते बुधबार तीन जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए भने २९८ जना संक्रमित थपिएका थिए ।

चैत २६ गते विहीबार संक्रमितको संख्या केही बढेको थियो ।  उक्त दिन ३३२ जनामा संक्रमण देखिएको थियो । यसैगरी चैत २७ र २८ गते  संक्रमितको संख्या क्रमशः २८८ र ३३७ थियो भने २८ गते एक संक्रमितको मृत्यु भएको थियो ।

त्यस्तै आइतबार (हिजो) ३०३ जनामा कोरोना पुष्टि भएको थियो भने २ जनाले ज्यान गुमाएका थिए । एक साताको तथ्यांक हेर्दा आज सबैभन्दा बढी ४९६ जनामा कोरोना पुष्टि भएको छ भने ज्यान गुमाउनेको संख्या पनि बढेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : ०८ बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम