नेपाल सुपर लिगको उद्घाटनमा काठमाडौँ र ललितपुर भिड्ने « Khabarhub

नेपाल सुपर लिगको उद्घाटनमा काठमाडौँ र ललितपुर भिड्ने


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले सोमबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिगको उद्घाटन खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेल बैशाख ११ गते हुनेछ । काठमाडौँ र ललितपुरबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । दोस्रो दिनबाट भने हरेक दिन दुई खेल हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । बैशाख २५ सम्म सञ्चालन हुने लिगमा कुल १९ खेल हुनेछ ।

पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

लिगमा सहभागी टिमले अक्सनबाट खेलाडी छनोट गरिसकेको छ ।

हेर्नुहोस् तालिका

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ७ : २५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि