बिहेअघि नै आमा बन्दैछिन् यी बलिउड अभिनेत्री « Khabarhub

बिहेअघि नै आमा बन्दैछिन् यी बलिउड अभिनेत्री


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड नायिका ऐमी ज्याक्सन आमा बन्दैछिन् । पहिलोपटक आमा बन्न लागेकी एमी हालै एक इभेन्टमा पुगिन् । उनी त्यहाँ रातो ड्रेसमा पुगेकी थिइन् । रातो पोशाक उनलाई खुबै सुहाएको थियो ।

यो इभेन्टपछि एमीका पुराना तस्वीर पनि इन्टरनेटमा शेयर हुन थाले । एमी बार्सिलोनाको एक क्लबमा पुगेकी थिइन् । त्यहाँ उनले केही समय बिताइन् । त्यहाँका तस्वीरलाई पनि सामाजिक सञ्जालमा शेयर गरिन् ।

एमीका यी तस्वीरलाई फ्यानले पनि रुचाएको बताएका छन् । उनले गत मार्चमा आफू गर्भवती भएको खबर दिँदै एक तस्वीर शेयर गरेकी थिइन् ।

ब्रिटिश मोडल तथा कलाकार एमी व्यापारी जर्ज पार्नायिटुसँग सम्बन्धमा छिन् । तर उनले अझै बिहे गरेकी छैनिन् ।

पछिल्लो समय उनी रजनीकान्तको फिल्म ‘२‍‌.०’ मा देखिएकी थिइन् । उनी दक्षिण भारतीय फिल्म उद्योगमा बढी सक्रिय छिन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ३ : २६ बजे

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त

बुटवल – लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका