सेल्फ क्वारेन्टाइनमा शाहरुख खान « Khabarhub

सेल्फ क्वारेन्टाइनमा शाहरुख खान


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दो छ । एकातर्फ फिल्महरुको रिलिज मिति सरिरहँदा सुटिङ भइरहेका फिल्महरुको काम पनि रोकिने क्रम बढेको छ ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार शाहरुख खानको निर्माणाधिन फिल्म ‘पठान’को सेटमा कोरोनाको प्रवेश भएको छ । जसकारण शाहरुख सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

फिल्म ‘पठान’को सेटमा एक सदस्यलाई कोरोना संक्रमण भएको छ । जसकारण यशराज ब्यानरको यो ठूलो बजेटको फिल्मको सुटिङ रोकिएको छ ।

शाहरुखले कोरोना टेस्ट गरेका छन् या छैनन् केही खुल्न सकेको छैन । यद्यपि यशराज ब्यानरले आफ्नो सुटिङ सेटमा कोरोना देखिएको बारे कोही बोलेको छैन ।

कोरोना भाइरसका कारण केही दिन अघि फिल्म ‘पठान’को सेट निर्माणको काम रोकिएको थियो । महाराष्ट्रमा अचानक कोरोनाको मामला केही समय यता ह्वात्तै बढेको छ । जसकारण फिल्म सिटीमा बनिरहेको ‘पठान’को एक सेटको निर्माण काम रोकिएको छ ।

यो फिल्मको सुटिङका लागि केही केही दिन अघि फिल्म युनिट दुबई पुगेको थियो । त्यहाँको छायांकनको काम सकेपछि उनीहरु मुम्बई फर्किएका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : १५ बजे

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न

भान्छादेखि बिरामीको बेडसम्म करको भार

गणपति, गणका मालिक श्रीगणेश, गणनाथ र वैदिक संस्कृतिको पर्याय हो–

पोखरा बसपार्कका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

पोखरा– पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च

प्रतिनिधिसभा निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

काठमाडौं– निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य