चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा | Khabarhub Khabarhub

चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोस्रो लेगमा पराजित भए पनि इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा पोर्टोसँग पराजित भए पनि चेल्सी समग्रमा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

चेल्सी मंगलबार राति भएको दोस्रो लेगमा पोर्चुगिज क्लबसँग १-० गोल अन्तरले पराजित भएको थियो । तर, समग्रमा चेल्सी २-१ को जितसँगै अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा निकालेको २-० को जितले चेल्सीलाई सेमिफाइनल पुर्‍याएको हो । पोर्टोलाई जित दिलाउन मेहदी तारेमीले निर्णायक गोल गरे पनि सेमिफाइनल पुर्‍याउन पर्याप्त भएन ।

चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ०२ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री