प्रधानमन्त्री ओलीको प्रश्न- देश समृद्ध बनाउने भन्दा विपक्षीको छाती किन दुख्छ ? | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको प्रश्न- देश समृद्ध बनाउने भन्दा विपक्षीको छाती किन दुख्छ ?


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राजधानीमा १ सय ३० औ मे दिवसमा संयक्त ट्रेड युनियन समन्वयन केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच कार्यक्रममा सम्बोधन गर्ने क्रममा जुहारी चलेको थियो ।

कार्यक्रममा महतोले सम्बोधन गदै ओली सरकारले लोकप्रियताका लागि मात्र सुखी नेपाली समृद्धि नेपालको नारा लगाइरहेको आरोप लगाएका थिए । भाषण गरेर नेपाल समृद्धि नहुने र देशमा आवश्यक श्रमशक्ति विदेश पलायन नरोक्न ध्यान नदिएको उनको आरोप थियो । उनले भने, ‘जनतालाई सम्बोधन गरेर नेपाल समृद्धि हुँदैन काम गर्नु पर्‍यो । नेकपाको सरकारसँग दुई तिहाइ बहुमत छ । काम गर्ने कसले रोके छ । देशमा रोजगारीको अवसर नपाएको भन्दै ५० लाख युवा विदेशमा छन् । शान्ति सुरक्षा नभएर उद्योग र व्यवसायी भाग्दै छन्।’ सरकारले रमिता हेर्न भन्दा केही काम नगरेको उनले आरोप लगाएका थिए ।

महतोले भाषण गर्दा मुसुमुस हाँसेर सुनिरहेका प्रधानमन्त्री ओली महतो पछि सम्बोधन गर्न मञ्चमा पुगे । उनले सम्बोधनको शुरुमै सरकारले एक वर्षमा ठूलो परिवर्तन ल्याएको बताए छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओली महतोप्रति काटक्ष गर्दै भन्सार र सिमानामा बसेर आन्दोलन गरेर देशमा समृद्धि नहुने जावफ दिए । देश समृद्ध बनाउन सवैका साथ चाहिने ओलीको भनाइ थियो ।

‘सरकारले देशमा विकास र राम्रा काम गर्ने थालेपछि आत्तिएर समर्थन फिर्ता लिने, अनि समृद्धिका लागि प्रयास नगरेको भन्दै विराध गर्ने । यस्तो पनि हुन्छ’ प्रधानमन्त्रीले प्रश्न गरे, ‘देश समृद्धि बनाउ भन्दा छाती किन दुख्छ ? नेपाली सुखी बनाउँभन्दा मन किन भतभत हुने । समृद्ध नेपाल सुखी नेपाली हामी सबैको राष्ट्रिय आकांक्षा हो । नेपाली जनता सुखी हुनै पर्छ । दुखको दिन अन्त्य गरिन्छ ।’

नेकपाको सरकार बनेपछि गरिब भएर युवा वैदेशिक रोजगारीमा गएका हुन् ? ओलीले प्रश्न गरे । अहिलेको नेपाल हेरेर विश्व बैंकले ’राइजिङ स्टार’ भनेको छ ओलीले भने ।

प्रधानमन्त्री ओली राजनीतिक पार्टीले मजदुरबाट धेरै पाट सिक्नुपर्ने बताए । सरकारले मजदुरका लागि सविधानबाट सुरक्षा व्यवस्था गरेको उनको भनाइ छ ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विश्वमा मजदुरले अधिकार प्रप्तिका लागि ठूलो योगदान गरे जस्तै नेपालमा पनि श्रमिकले राजनीतिक परिवर्तनका लागि ठूलो संघष गरेको बताएका थिए । सरकारले रोजगारदाता, श्रमिक र सरकार सवै एकै ठाँउमा उभीएर देश विकासमा लाग्नु पर्ने उनको भनाइ छ ।

यस्तै, कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले श्रमिकका हकहित संरक्षणमा सरकार तयार रहेको बताएका थिए ।

श्रम मन्त्रालयले देशभित्र काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याएर भविष्य सुनिश्च गर्ने लागि परेको काम गरिहेको मन्त्री विष्टले बताए । उनले भने, ‘देशभित्र रोजगारीका अवसर सिर्जना गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । भने वैदेशिक रोजगारीको विकल्पमा देशभित्र रोजगारीका अवसर निर्माण गर्ने सरकारले खोजीरहेको छ । अगामी वर्ष करिब थप २ लाख युवालाई रोजगारीका अवसर सिर्जना गर्ने काम भइरहेको छ ।’

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ४ : ०२ बजे

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य