नाइजरको एक विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको मृत्यु | Khabarhub Khabarhub

नाइजरको एक विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको मृत्यु


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नियामे– अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा आगलागी हुँदा २० जना बालबालिकाको मृत्यु भएको छ ।

अग्नि नियन्त्रकहरुका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ । झण्डै २० जना बालबालिका कक्षाकोठामा थुनिएर आगोको चपेटामा परेका थिए ।

अग्नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरुले आगो तत्कालै नियन्त्रणमा ल्याएको बताए । तर आगो निकै भयानक रहेकाले सबै बालबालिकालाई बचाउन सकिएन, उनीहरु भाग्न पनि सकेनन्, उनले भनेका छन् ।

आगलागी शुरु हुँदा बालबालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपि, आगलागीको खास कारण थाहा हुन सकेको छैन ।
प्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै घटनास्थलको निरीक्षण गरेका थिए ।

विश्व मानव विकास सूचकाँकमा नाइजर सबैभन्दा गरिब मुलुकमा पर्दछ । साहेल क्षेत्रको यस मुलुकमा अधिकारीहरुले परालले छाएका धेरै विद्यालय बनाएका छन् जहाँ बालबालिका प्रायः भुईमा बसेर पढ्ने गर्दछन् । यी विद्यालयमा आगलागीका घटना भइरहन्छन्, तर यति भयानक आगलागी यसअघि भएको थिएन । (रासस/एएफपी)

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ९ : ०१ बजे

समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ : एनपी साउद

राँझा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले

चिसो मौसममा यसरी स्वस्थ रहनुहोस्

काठमाडौं– उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका

जीपको ठक्करबाट ६० वर्षीय महिलाको मृत्यु

बाजुरा– जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको

वैदेशिक रोजगारी त्यागेर जुनार खेती, दोहोरो आम्दानी

मन्थली– रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनार खेतीतर्फ

सहकारी ठगी प्रकरण : जेल पुगेकी लीला ३७ लाख धरौटी बुझाएर छुटिन्

काठमाडौं– पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पक्राउ