पद नपाएपछि प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली (भिडियोसहित) « Khabarhub

पद नपाएपछि प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली (भिडियोसहित)


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले प्रधानमन्त्रीको पद नपाएपछि ‘प्रतिगमन’को हल्ला फिजाएको आरोप लगाएका छन् ।

द्वन्द्वपीडितहरुको सम्मानका लागि बुधबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो आरोप लगाएका हुन् ।

‘केही आफू प्रधानमन्त्री हुन पाइनँ भनेर प्रतिगमन भो भनेर आँगनमा कराउन थालेका छन्, ’ उनले भने, ‘अहिले त्यस्तै स्यालहुइँया चलाउने मान्छे छन् । के हो प्रतिगमन ? यिनीहरूले परिवर्तन नै देख्या रैनछन् क्या हो ?’

उनले प्राप्त परिवर्तन र उपलब्धी गुमेमा, गणतन्त्र गुमेमा, व्यवस्था सञ्चालन गर्ने संविधान खोसिएमा प्रतिगमन हुने बताए ।

उनले भने, ‘अहिले कसैले संविधान खोस्या छ र ? छैन । व्यवस्था पल्टिएको छ र ? छैन । लोकतन्त्रका आधारहरू केही तलमाथि परे र ? छैन । केही मान्छेका महत्वाकांक्षा पूरा हुन पाएनन् । त्यो भएपछि प्रतिगमन भयो रे ?’

उनले प्रतिगमनको हल्ला चलाउनेहरूलाई वामपन्थीका नाममा दक्षिणपन्थीको संज्ञा दिए । ओलीले सत्ता कब्जा गर्न खोज्नेहरू पराजित भएको बताए । सत्ता कब्जा गर्दा-गर्दै नेताहरुको ‘कब्जा, किला खुस्किएको’ समेत उनले बताए।

हेरौँ भिडियो

‘सत्ता कब्जा गर्दा गर्दै कब्जा, किला, काँटा सबै खुस्कियो । सत्ता कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्छन्’, उनले भने, ‘म भए त कम्फरटेबल हुन्छ भन्दै छिमेकी गुहार्छन्। आफ्नो पार्टी फुटाएर अर्को पार्टी कहाँ धाइरहेछन्। देख्नु भएन शेरबहादुर देउवाजीकहाँ धाइरहेका ?’

ओलीले एमानले नेता भीम रावलको नाम नलिई उनीमाथि समेत कटाक्ष गरे ।

‘केही मानिसले बोलेको सुन्दा, केही मानिसले हामीबारे टिप्पणी गरेको सुन्दा अचम्म लाग्छ’, उनले भने, ‘जुन मान्छे आफू गृहमन्त्री हुँदा पटापट गोली हानेर मान्छे मार्थे, उनै आज अधिनायकवाद भयो भनिरहेका छन्।’

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ६ : ४७ बजे

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत