स्पेन भ्रमण सकेर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता « Khabarhub

स्पेन भ्रमण सकेर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी हुन स्पेन गएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वदेश फर्केका छन् ।

स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा भएको शान्ति सम्मेलन लागि चैत २३ गते सोमबार १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै पुगेका अध्यक्ष तिमिल्सिना आज स्वदेश फर्केका हुन् ।

भ्रमण सकेर स्वदेश फर्केका उनले सम्मेलन गौतम बुद्ध जन्मभूमि नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने उद्देश्यले भएकाले निकै उपलब्धिमूलक भएको जानकारी दिए । शान्ति सम्मेलन लुम्विनी गार्डेन फाउन्डेसन, स्पेन, एक्सत्रेमदुरा प्रान्त र सोही प्रान्तको काथेरेस नगरपालिकाको संयुक्त आयोजना भएको थियो ।

सम्मेलनका अलवा अध्यक्ष तिमिल्सिनले विभिन्न उच्च स्तरीय भेटघाट गरेको उनको सचिवालयले जनाएको छ । भेटघाटहरु नेपाल स्पेनको कूटनीतिक सम्बन्ध मजबुद बनाउन तथा दुई पक्षीय साझेदारीका लागि निकै उपलब्धिमुलक अध्यक्ष तिमिल्सिनाले बताए ।

अध्यक्ष तिमिल्सिनाले शान्ति सम्मेलनको उद्घाटन गर्दै स्पेनको एक्सत्रेमदुरा प्रान्तको सदनमा सम्बोधन गरेका थिए । सम्मेलनको दोस्रो दिन स्पेनको ऐतिहासिक क्याथेरेस नगरपालिकामा भएको कार्यक्रममा उनले नेपालमा शान्ति र लोकतन्त्रको विकास बारे आफ्नो अनुभव सहितको सम्बोधन गरेका थिए ।

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले स्पेनको उपल्लो सदन (सिनेट) का अध्यक्ष पिलर लप क्विनका, स्पेन सरकारका उपप्रधानमन्त्री कार्वेन कल्भो, एक्सत्रेमदुरा प्रान्तका मुख्यमन्त्री , सभामुख, मन्त्रीहरु, सांसदलगायत विशिष्ट व्यक्तिहरुसँग भेटघाट गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाको स्वागतमा स्पेनमा रहेका गैरआवसीय नेपाली संघ,उनको गृहजिल्ला पर्वतबाट स्पेनमा बसोबास गर्ने नागरिक सम्बद्ध संघ–संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रेग्मी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्‍ता, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ, संघीय संसद सचिवालयका शाखा अधिकृत सपना सापकोटा र लुम्बिनी गार्डेन प्रोजेक्ट, स्पेनका प्रमुख आर्किटेक्ट उज्ज्वल मान शाक्यसमेत सहभागी थिए ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  १० : ३६ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी