कोरोना सङ्क्रमणले अनिश्चितकालका लागि विद्यालय बन्द | Khabarhub Khabarhub

कोरोना सङ्क्रमणले अनिश्चितकालका लागि विद्यालय बन्द


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – शिक्षकलाई कोरोना भाइरस सङक्रमण भएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानु सिरुवारीस्थित सिद्धिगणेश मावि आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

विद्यालयका प्रधानाध्यापकलाई मङ्गलबारदेखि कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको सहायक प्रधानाध्यापक तिलकबहादुर दङ्गालले जानकारी दिए ।

उनको सम्पर्कमा आएका शिक्षक, विद्यार्थी तथा स्वास्थ्यकर्मीसहित २२ जनाको आज जिल्ला स्वास्थ कार्यालयबाट आएका स्वास्थ्यकर्मीले विद्यालयबाटै स्वाब सङ्कलन गरी लगेको छ ।

त्यसको रिपोर्ट आइतबारसम्म आइपुग्ने बताइएको छ । सङ्क्रमित शिक्षक अहिले काठमाडौँमा होमक्वारेन्टिनमा रहेका शिक्षक ताराबहादुर श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : १५ बजे

बुलबुले तालमा मोटरबोट सञ्चालन भएपछि…

सुर्खेत-  ‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल

तेस्रो सातामा ‘घर नम्बर २’, दर्शक बढ्नेमा निर्देशक खनाल आशावादी

काठमाडौं – मल्टिस्टारर फिल्म ‘के घर के डेरा : घर

साताको कार्टुन : शक्तिशाली सरकारको मुसो बजेट !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको शक्तिशाली सरकारले

लेउती खोलाले सडक बगाउँदा धरान–धनकुटा राजमार्ग अवरुद्ध

धनकुटा– शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण धरान –धनकुटा सडक

आगामी वर्षको बजेट पर्यटनमैत्री : होटल सङ्घ

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटप्रति होटल व्यवसायीहरूको छाता