कोरोना संक्रमणबाट कुवेतमा दुई नेपालीको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट कुवेतमा दुई नेपालीको मृत्यु



दोहा- कोरोना संक्रमणबाट कुवेतमा एकै दिन दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगरका सन्तोष कुमार दर्जी र स्याङ्गजाका बम बहादुर पुलामी छन् ।

उनीहरु दुवै जनाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको गैरआबासीय नेपाली संघ (एनआरएनए) कुवेतका महासचिव दिल कुमार पाख्रिनले जानकारी दिएका छन् ।

पछिल्लो समय कुवेतमा कोरोना संक्रमण बढेसंगै ठूलो संख्यामा नेपालीहरु पनि संक्रमित भएको अनुमान गरिएको छ । यस्तै, कोरोनाको महामारी तीव्र रुपले फैलिएसंगै एनआरएनए कुवेतले त्यहाँ कार्यरत रहेका नेपालीहरुलाई सचेत रहन आग्राह गरेको छ ।

संघले एक विज्ञप्ति मार्फत कोरोनाका करण  दुई नेपालीले ज्यान गुमाएकोमा दुख ब्यक्त गर्दै सबैलाइ आ-आफ्नो ठाउँमा सुरक्षित रहन भनेको छ ।

कुवेत सरकारले कोरोना नियन्त्रणका लागि तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै सार्वजनिक स्थलमा हिँडडुल नगर्न र गर्नै पर्ने भए अनिवार्य मास्क प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न गरी सुरक्षित रहन संघले आग्रह गरेको छ ।

यो समाचार तयार पार्दासम्म कुवेतमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५४ हजार ४७२ पुगेको छ ।

उपचारपछि निको हुनेको सङ्ख्या २ लाख ३७ हजार ६६७ पुगेको छ भने अहिलेसम्म १ हजार ४३६ जनाको मृत्यु भैसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १० : ०१ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।