ज्येष्ठ नागरिक भत्ता ५ हजार पुर्‍याइने : मन्त्री पोखरेल « Khabarhub

ज्येष्ठ नागरिक भत्ता ५ हजार पुर्‍याइने : मन्त्री पोखरेल


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले ज्येष्ठ नागरीक भत्ता यस आर्थिक वर्षबाट ५ हजार पुर्याउने सरकारको तयारी रहेको बताएका छन् ।

बर्दिवासमा मेडिकल कलेजको पूर्वाधार तयारी तथा कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई कार्यान्वयन गर्न सरकार तदारुकताका साथ लागि परेको बताए ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रदेश नं. २ को बर्दिवास र राजविराजमा मेडिकल कलेज खोल्ने कार्यक्रम रहेकोले दुवै मध्ये कुन स्थानले पहिले कलेज खोल्ने हो सो को प्रतिस्पर्धा गर्न र आफ्नो ठाउमा सवैभन्दा पहिले खोलेर देखाउन बर्दिवासवासीलाई शुभकामना समेत दिए ।

उनले विभिन्न समयमा बेचिएका उद्योग कलकारखानाहरु फिर्ता ल्याउने तैयारीका साथ गृहकार्य भइरहेको समेत बताए । कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकारले यस पटकको कृषी र उत्पादनमा जोड दिने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिए । देशमा तीन तहको सरकार भएकोले कसैले अरुको मुख ताक्नु पर्ने अवस्था नरहेको समेत स्पष्ट पारे ।

त्यसैगरी कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रदेश नं.२ को विकासका लागि साझा प्रयासको थालनी गर्नुपर्नेमा जोड दिए । उनले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन थालिएको भर्ना अभियानमा सहभागी भई प्रदेश र देशलाई शिक्षित र साक्षर बनाउन सबैले आआफ्नो ठाउँबाट लाग्न आग्रह समेत गरे ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ७ : ०१ बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ