वाग्मती सफाइ महाअभियान ४१४ औँ हप्तामा « Khabarhub

वाग्मती सफाइ महाअभियान ४१४ औँ हप्तामा


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती सफाइ महाअभियानको ४१४ औँ हप्ताको सफाइ वाग्मती र रुद्रमती नदीको दोभान क्षेत्रमा गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. ११ का जनप्रतिनिधि र स्थानीय क्लबको सक्रियतामा गरिएको सफाइबाट नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

कुहिने फोहर भने खाडल खनेर नदी किनारमा गाडिएको छ । शुक्रबार भएको वर्षाका कारण पानीले बगाएर ल्याई थुपारेको प्लाष्टिक झोला र बोत्तल व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए ।

सफाइमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडे, पूर्व मुख्य सचिव एवं वाग्मती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो ।

यसैगरी संस्थागत रुपमा तीन वटै सुरक्षा निकाय, सशस्त्र प्रहरी श्रीमती सङ्घलगायतले आजको सफाइमा सहयोग गरेको जनाइएको छ ।

बाग्मतीको तिलगङ्गा खण्ड सफाइ अभियानको २९५ औँ हप्ताका अवसरमा त्यस क्षेत्रमा सफाइ गरिएको छ । महिलाको सक्रियतामा त्यस क्षेत्रमा सफाइ हुँदै आएको छ । यसैगरी गुहेश्वरीमाथिको वाग्मती, वाग्मतीको सुन्दरीघाट खण्ड, रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुई घण्टा जारी छ । राष्टका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सफाइ महाअभियान शुरु भएको हो । वाग्मती सफाइ अभियान शुरु भएपछि यसका विभिन्न खण्डका साथै सहायक नदी पनि सफाइ अभियान शुरु भएको हो ।

उपत्यका बाहिरका मुख्य नदी, शहरी एवं सांस्कृतिक स्थलमा पनि सफाइ अभियान शुरु भएको छ । हाल देशभर गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  २ : ४५ बजे

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

चितवन– चितवन कारागार कार्यालय चितवन बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी– मालिका गाउँपालिका–७ प्रभुचेला ‘योगध्यान केन्द्र’का रूपमा विकास भएको छ

तीनवटा सवारीसाधन ठोक्किँदा १२ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकआपसमा

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको